त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो

होमल्याण्ड खबर

२०७९ भाद्र १० गते, शुक्रबार १४:४५ मा प्रकाशित

 काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।