३ चैत्र २०८२, मंगलवार
सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।
साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । तर सिट बाँडफाँटमा सहमति जुटेको छैन ।


कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । कूल १६५ निर्वाचन क्षेत्र रहेकोमा दलहरुको दाबी २ सय ३४ पुगेको छ
यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रबारबाट सुरु भएको छ । ०७४ को आम निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको छ ।
गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।