८ मंसिर २०८१, शनिबार
संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ पहुँचबाट टाढा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ शाखा गरी बुधबारदेखि २ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि सञ्चालनमा आएका मुस्ताङ जिल्लास्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ–संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुइ शाखाहरूसँगै मुस्ताङ जिल्लाको सबै गाउँपालिकाहरूमा प्रभु बैंकको शाखाहरूबाट बैंकिङ पहुँच पुगेको बैंकले जनाएको छ ।