३ चैत्र २०८२, मंगलवार
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् । यसअघि हिजो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो । बैठकले प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको थियो ।

