२९ बैशाख २०८३, मंगलवार
काठमाडौं महानगरपालिका–२१ भोटेबहालमा डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषध चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाईल र नगद १४ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।


प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेरा कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।