कर्णालीमा दुई मन्त्रीले बुझाए राजीनामा

होमल्याण्ड खबर

२०७९ भाद्र १२ गते, आईतवार १६:०१ मा प्रकाशित

कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । योसँगै उनीहरूले आइतबार राजीनानामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत गरिसकेका छन् । सोमबार नयाँ मन्त्रीहरूको नियुक्त हुने मुख्यमन्त्री शाहीले बताए ।