हाम्रो पाटी गरिब र शोषितको पक्षमा संघर्ष गर्ने पार्टी होः अध्यक्ष माधव

होमल्याण्ड खबर

२०७९ भाद्र १२ गते, आईतवार १६:५५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न भएको भन्दै आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्ने पार्टी भएको बताए ।

पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै उनले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको पक्षमा कुनैपनि प्रकारको कदम नचालेको बताए ।

नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिदैँ अब सम्पूर्ण ध्यान आगामि निर्वाचनमा पार्टीलाई जिताउनको लागि केन्द्रित हुनुपर्ने बताए ।
उनले आफ्नो पार्टीले एमालेसँग विद्रोह नगरेको भए नेपालको राजनीति अहिले एउटा ठूलो सुरुङभित्र र प्रतिगामि अवस्थामा हुने बताए ।