सुरज अर्केडको बेसमेन्टका पसल हटाइँदै

होमल्याण्ड खबर

२०७९ भाद्र १३ गते, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।

नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए ।