३ चैत्र २०८२, मंगलवार
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले ५६ लाख मत ल्याउने विश्वास गरेका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकारसँग अन्तरक्रिर्यामा बोल्दै उनले एमालेले हरेक पार्टी सदस्यहरुलाई दुई मत वृद्धि र ५ मत संरक्षण गर्ने अभियान चलाएको बताए ।
पोखरेलले पार्टीका ८ लाख सदस्यहरुले१६ लाख नयाँ मतमा वृद्धि र ४० लाख मतको सुरक्षित गर्ने आशा राख्दै ५६ लाख मतसहित एमालेले मुलुकको नेतृत्व गर्ने बलियो राष्ट्रिय शक्तिको रुपमास्थापित गर्ने दाबी गरे ।


महासचिव पोखरेलले आगामी निर्वाचनमा आफ्नो नीतिको आधारमा जनतामा जाने बताउँदै एमालेले कुनै गठबन्धन नगर्ने स्पष्ट पारे । मुुलुकको विकास र समृद्धको नेतृत्व गर्ने क्षमता एमालेसँग मात्रै रहेको उनको भनाई छ । उनले मुलकमा नेपाली कांग्रेसको नेतृत्व यथास्थितीमात्रै रहेको आरोप लगाउँदै देशको परिवर्तनकारी नेतृत्व गर्न एमाले सक्षम रहेको दाबी गरे ।