पशुपतिमा तीज मनाईदैँ

होमल्याण्ड खबर

२०७९ भाद्र १४ गते, मंगलवार ११:०४ मा प्रकाशित

आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सोही धार्मिक विश्वासका साथ नेपाली हिन्दु नाराीहरुले आजको दिनलाई विशेष महत्वका साथ लिने गर्छन् ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ। पशुपतिमा दर्शनार्थीको भीड नै लागेको छ ।