स्व. नेता प्रदिप गिरिको १३औं पुन्यतिथिको अवसरमा गगन थापाले गरे वृक्षरोपण

होमल्याण्ड खबर

२०७९ भाद्र १६ गते, बिहीबार १०:४३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री तथा प्रभावशाली युवा नेता गगन कुमार थापाले आज वृक्षरोपण गरेका छन् । उनले स्व. नेता प्रदिप गिरिको १३औं पुन्यतिथिको अवसरमा गौशलामा रहेको धर्मशाला पछाडीको सिफलमा वृक्षरोपण गरेका हुन ।

थापाले आज बिहान वृक्षरोपण गरी नेता गिरिको शोक मनाएका हुन् ।

स्व. नेता प्रदिप गिरिको भदौ ४ गते राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । आज उनको १३ औं पुण्यतिथिको अवसरमा कांग्रेसले देशैभरी विभिन्न कार्यक्रम गरी शोक मनाइरहेको छ ।