१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेकोे आरोपमा एक जना पक्राउ

होमल्याण्ड खबर

२०७९ भाद्र १६ गते, बिहीबार १६:१५ मा प्रकाशित

१३ वर्षीय बालकलाई पटक–पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेकोे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।