डिजेल र मट्टितेलको मूल्य वृद्धि

होमल्याण्ड खबर

२०७९ भाद्र १७ गते, शुक्रबार १३:४८ मा प्रकाशित

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो । यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ ।

निगमले मूल्य समायोजन पश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ। । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब ऋण लिएको थियो ।