२९ बैशाख २०८३, मंगलवार
जितपुर सिमरा उपमहानगरपालिका–१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घरबाट सोमबार खेतमा काम गर्न जान्छु भनि गएका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।