माधव नेपाललाई भेटेर प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड

होमल्याण्ड खबर

२०७९ भाद्र १९ गते, आईतवार १०:१६ मा प्रकाशित

प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’बिच बार्ता सुरु भएको छ ।

हात्तिबनमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटे लगत्तै उनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश शमाको निर्वाचनका लागि गठबन्धनको सिट बाँडफाँड र भागबन्डा मिलाउनको लागि भेटघाट भएको हो । आज दिनभर फेरि बार्ता गर्ने र सहमति प्रयास गर्ने तयारी रहेको छ ।