३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्न नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा पठान सिंह बोहोराको नाम सिफारिस गरेको हो ।
एमालेमा उम्मेदवार सिफारिस भएका बोहोरा प्रदेशसभा सदस्य हुन् । यस्तै, उनी डडेलधुराका एमाले इञ्चार्जसमेत हुन् । यस्तै, एमालेले प्रदशेसभा (क)मा चक्रप्रसाद स्नेही र (ख)मा गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।

