सर्लाही-४ मा गगनको एकल नाम पठाइयो

होमल्याण्ड खबर

२०७९ भाद्र २० गते, सोमबार १६:३४ मा प्रकाशित

सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन ।  गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।

‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले  भने ।