प्रतिनिधि सभाको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ भाद्र २१ गते, मंगलवार १०:३२ मा प्रकाशित

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त विधेयक आजै प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।