३ चैत्र २०८२, मंगलवार
गोरखा को साविक तान्द्रङ्ग गाविसमा जन्मिएका रमेश नेपाल को जन्म २०४६ चैत १५ गते भएको हो । सानै देखि समाजसेवामा अग्रसर बन्ने नेपाल स्कुले जिवन देखि नै समाज सेवामा तल्लीन रहे गोरखा जिल्ला तान्द्रङग स्थित श्री संस्कृत सेकेन्डरी स्कुलमा आफ्नो स्कुले जिवन सुरु गरेर २०५५ सालमा जुनियर रेडक्रसको अध्यक्ष भई काम गरेका थिए ।
उनले २०६२ सालमा श्री संस्कृत सेकेन्डरी स्कुल बाट (एस.एल.सी.) उत्तीर्ण गरे पश्चात उच्च शिक्षाको लागि बालकुमारी कलेज चितवनमा भर्ना भए । बालकुमारी कलेज चितवनमा २०६४ सालमा उनि युवा रेडक्रसमा आवद्ध भई सेवा गरे ब्याजलर पनि बालकुमारी कलेज चितवन बाट पास गरे । कलेज सँगै रमेशको जागिरे जिवनको सुरुवात २०६६ सालबाट भएको थियो ।


२०६६ सालमा नेपाल बजार बिक्री प्रतिनीधि संघ लुम्वीनि इकाईको सबै भन्दा कान्छो सदस्य भएका थिए । २०६७ सालमा बुटवल युवा रेडक्रसको सदस्य भए नेपाल । २०६७ सालमा Dedicated Rotract Of The Year बने । २०६७ सालमा नेपाल बजार बिक्री प्रतिनीधि संघको सह सचिव भएर कार्य गरे । २०६८ सालमा CART रेडक्रस रुपन्देहिको संयोजक भई काम गरे ।
फेरि २०६८ सालमै युवा रेडक्रस सर्कल बुटवलको सचिव बनेका थिए नेपाल । २०६९ सालमा Rotract Club Of Butwal South को सदस्य भएर समाजसेवामा लागि परे ।
२०७० सालमा Most Active Rotract हुदै २०७१ सालमा नेपाल भरिबाट उत्कृष्ट सचिवमा सम्मान पाए । यसरी नेपाल रेडक्रस सोसाइटी लायन्स क्लव, रोट्रयाक्ट, रोटरी, जेसिज लगाएत थुपै सामाजीक संघ संस्थामा आवद्ध भई संघ संस्था प्रति काम गर्दे गर्दा अहिले उनि नेपाल बजार बिक्री प्रतिनीधि संघ केन्द्रको संगठान सचिव पदमा उम्मेदवारी दिएका छन् ।
रमेश नेपाल भनछन् “आफ्नो बाँकि जिवन समाज र सामाजिक संघ संस्थाको लागि लगाउन चाहान्छु”
“संगठन सचिवमा साथ र सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अपिल”
नजिकिदै गरेको नेपाल बजार बिक्री प्रतिनीधि संघको चुनावी माहोल तातेको छ । नेपाल बजार बिक्री प्रतिनीधि संघको छैंठौ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको संघको छैंठौ महाधिवेशन यहि भदौ २४ र २५ गते चितवनमा हुने भएको हो ।
सम्पूर्ण कम्पनी प्रतिनीधिहरु एक हौँ, उद्योग व्यवसायको रक्षा गरौँ, रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएको संघको महाधिवेशनका लागि तयारी समेत भइरहेको छ भने संघको पदाधिकारी पदका लागि प्रतिनीधिले उम्मेदवार समेत घोषणा गरेका छन् । जसअन्तर्गत चितवनका रमेश नेपालले संगठन सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । २०६६ सालदेखि नेपाल, नेपाल बजार प्रतिनिधि संघ लुम्विनी इकाइमा आबद्ध भई हाल नारायणी इकाइको सदस्यको रुपमा आबद्ध हुनुहुन्छ ।
उहाँले संस्थालाई विधी र विद्यान अनुरुप व्यवस्थित र संगठित गराउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । नेपालले इकाइमा आबद्ध सदस्यहरुका लागि इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरि दुर्घटना विमाका लागि पहल गर्ने, रक्तसन्चार केन्द्र संग प्रत्येक इकाई एबम केन्द्रको समन्वयमा विशेष कोष स्थापना गरि निशुल्क रगत उपलब्ध गराउन पहल गर्ने, उत्कृष्ट इकाइलाई सम्मान गर्ने, इकाइको प्रचारप्रसारमा जोड दिने, संस्थामा आबद्ध प्रतिनीधिहरुको हकहितका लागि आवाज उठाउने र संस्थालाई मर्यादित तथा मजबुत बनाउन केन्द्रमा पहल गरि प्रत्येक इकाईमा विभिन्न तालिमको व्यवस्था गर्ने लगायतका उद्देश्यहरु राखि संठगठन सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।