कांग्रेसको निर्वाचन घोषणा तयारी समितिको संयोजकमा शर्मा

होमल्याण्ड खबर

२०७९ भाद्र २२ गते, बुधबार १७:०१ मा प्रकाशित

नेपाली कांग्रेसले निर्वाचन घोषणा तयारी समितिको संयोजकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई चयन गरेको जानकारी दिए ।