३ चैत्र २०८२, मंगलवार
कांग्रेसका जिल्ला सभापतिहरुले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवालाई भेटी दवाव बढाएका छन् । संघ/प्रदेश जता भएपनि देशभरका जुनकुनै स्थानका कांग्रेस मतदाताले प्रत्यक्षमा कांग्रेसलाई मतदान गर्न पाउनुपर्ने बताएका छन् ।
बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले आगामी चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले बताए। ज्ञापनपत्र बुझाउने क्रममा अधिकारीले भने, बरु हामी एक्लै चुनाव लड्न तयार छौँ । हामी सक्षम पनि छौँ । तर गठबन्धन गर्ने नाउँमा अन्य दललाई मात्रै भोट हाल्ने अवस्था नबनोस्, ।


बागमती प्रदेशका चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट– १, ललितपुर–१ कांग्रेसले गठबन्धनका अन्य दलहरूलाई सिट छाड्नुपर्नेछ।
सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी पार्टी सभापति देउवालाई गराएका हुन्।
धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरुको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको बताए ।
वाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र छन् ।
