३ चैत्र २०८२, मंगलवार
सीट बाँडफाँटमा सहमति जुटाउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अहिलेसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता बालुवाटार पुगिसकेका छन् ।


सबै नेता जम्मा भएपछि केही बेरबाट बैठक सुरू हुनेछ ।
अहिलेको बैठकमा सीट बाँडफाँटका लागि कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
सोही प्रतिवेदनका आधारमा बाँडफाँटमा कार्यदलले मिलाउन नसकेका क्षेत्रबारे छलफल गरेर टुंगोमा पु¥याउने बैठकको उद्देश्य छ ।