२९ बैशाख २०८३, मंगलवार
लागू औषध गाँजा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्रबहादुर रानासहित अन्य २ जना रहेका छन् ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई अवैध लागू औषध गाँजा करिब १किलो ५ सय ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।