टिकट किनबेच हुने अवस्था आयोः रामवरण यादव

होमल्याण्ड खबर

२०७९ भाद्र २३ गते, बिहीबार १६:५१ मा प्रकाशित

बिहीबार काठमाडौंमा आयोजित बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताएका छन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।