नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रपतिको राजीनामा या अदालत जाने बाटो खुल्छ :प्रचण्ड

होमल्याण्ड खबर

२०७९ भाद्र २४ गते, शुक्रबार ११:३२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले पारित गर्ने विश्वास व्यक्त गरेका छन्।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनस् संसदमा फिर्ता गरेकी थिइन्। उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनस् पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने स्थिति आउनेबारे आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले दाबी गरे।

राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगर्ने हो भने दुइटा सम्भावना रहने उनले बताए। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने स्थिति आउनेबारे आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले दाबी गरे।

‘राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको छ,’ उनले भने, ‘प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।’