३ चैत्र २०८२, मंगलवार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पष्टिकरण दिएका छन् । पोखरा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरागर्दै गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा कुनै चर्चा पनि नभएको र आफ्नो कुनै दाबी नरहेको बताए ।
गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको उल्लेख गर्दै आज भोलिनै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने दाबी गरे । उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोर्याएका छन् । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाई छ ।


प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका बारेमा बोल्दै भने,दुबै सदनले पास गरेर दोस्रो पटक राष्ट्रिपतिकोमा पठाएको छ, ‘अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार संविधानले दिएको छैन ।’
प्रचण्डले नागरिकता बिहिन ७ लाख नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिनका लागि नागरिकता विधेयकमा हतार गरिएको बताउँदै बैबाहिक अंगिकृतको हकमा सात वर्षे प्रावधानमा आफ्नो पार्टीको अडान कायमै रहेको उनले बताए ।