राष्ट्रिय सभाकाे बैठक सर्‍यो

होमल्याण्ड खबर

२०७९ भाद्र २६ गते, आईतवार ११:१६ मा प्रकाशित

राष्ट्रिय सभाको बैठक सरेको छ। आज १ बजेका लागि बोलाइएको बैठक सरेको हो। अब भदौ २९ गते बुधबार बिहान १०:५९ मा बैठक बस्नेछ। विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए।