महाभियोग सिफारिस समितिमा जबराको बयान जारी

होमल्याण्ड खबर

२०७९ भाद्र २६ गते, आईतवार १३:१८ मा प्रकाशित

संसद्को महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बाँकी प्रश्नमा बयान लिइनेछ।

१५ भदौमा सुरु भएको जबराको बयानको आज चौथो दिन हो। समितिले तयार गरेको ४३ मध्ये ११ प्रश्नमा जबराले आफ्नो बयान दिइसकेका छन्।