सन्दीप अध्यागमनको कालोसूचीमा

होमल्याण्ड खबर

२०७९ भाद्र २६ गते, आईतवार १५:०४ मा प्रकाशित

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय जनाएकाे छ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो।