२८ बैशाख २०८३, सोमबार
कीर्तिपुरबाट पक्राउ परेका मिटरब्याज पीडितहरुले प्रहरी कार्यालयभित्रै नाराबाजी सुरु गरेका छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले धरपकड गर्दै पक्राउ गरेको थियो ।
पक्राउ परेका मिटरब्याज पीडितहरुलाई कीर्तिपुर प्रहरीले पक्राउ गरेको थियो । कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेको ५०/६० जनाको टोलीलाई प्रहरीले रोक्न लाठी चार्ज गरेको थियो ।


पीडितको तर्फबाट संघर्षमा रहेका प्रमोद धितालका अनुसार अहिले पीडितहरुले प्रहरीको कार्यालयभित्रै नाराबाजी गरिरहेका छन् । आफ्नो माग सुनुवाईमा सरकारले चासो नदिएको, सुनुवाई नगरेको र पीडितलाई न्याय दिलाउन कुनै कदम नचालेको पीडित किसानको गुनासो छ ।