३ चैत्र २०८२, मंगलवार
मंसीर ४ मा हुने निर्वाचनको लागि प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य शुरु भइसकेको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्र छपाइ कार्य शुरु भइसकेको जानकारी दिएका हुन् ।


प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र छपाइ कार्य शुरु भइसकेको जानकारी दिए। उनले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाइको कार्य शुरु भएको बताए ।
प्रत्येक प्रदेश अनुसार फरक–फरक मतपत्र छपाइ हुने उनले बताए। जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम शुरु भएको उनले बताए।
प्रतिनिधिसभा समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र भने उम्मेदवार तय भएपछि मात्रै मतपत्र छपाइको काम शुरु हुने थपलियाको भनाई थियो ।