खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ

होमल्याण्ड खबर

२०७९ भाद्र २७ गते, सोमबार १५:०३ मा प्रकाशित

धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक यूवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय जोनसागर
ब्लोन रहेका छन् ।

सोही ठाउँमा बस्ने २६ वर्षीय बिरन घिसिङलाई खुकुरीप्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदम पोखरीबाट खटिएको प्रहरीले जो नसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।