काठमाडौं महानगरले दुई सातामै उठायो झन्डै ८५ लाख राजश्व

होमल्याण्ड खबर

२०७९ भाद्र २८ गते, मंगलवार १६:०८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत दुई सतामै झन्डै ८५ लाख उठाएको छ।महानगरपालिकाले मनोरञ्जन करबाट दुई सतामै ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले‍ जानकारी दिएको छ। सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट-एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ बुझाएको हो। दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।

त्यस्तै तेस्रोमा सबैभन्दा धेरै राजस्व बुझाउने मल्ल होटलको बेलिज क्यासिनोले रहेको छ। उक्त क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ राजश्व बुझाएको छ। यस्तै क्यासिनो प्यालेस अन्नपूर्ण होटल-१ ले भने ११ लाख ८५ हजार ४६३ रूपैयाँ, प्राइड इन्टरटेनमेन्ट उण्ड रिक्रियसन हायात होटलले ९ लाख ८९ हजार ४६० रूपैयाँ र माजोङ इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६०० रूपैयाँ बुझाएको छ।