जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

होमल्याण्ड खबर

२०७९ भाद्र २९ गते, बुधबार १०:१२ मा प्रकाशित

काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने तयारी छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए।