२८ बैशाख २०८३, सोमबार
सिक्सेल हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक निष्काशन शेयर (आईपीओ) मा आज भाद्र २९ गतेबाट आवेदन दिन सकिने छ। निष्काशन छिटोमा असोज ०२ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन असोज १२ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
हाइड्रोपावरले रु १०० अंकित दरको ११ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ५% अर्थात ५७ हजार ५०० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र ३% अर्थात ३४ हजार ५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाएको र बाँकी १० लाख ५८ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि निष्काशन गरेको छ।


सिक्सेल हाइड्रोपावरले यसअघि कास्की जिल्लाको आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि रु १०० अंकित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो।
ईच्छुक लगानीकर्ताले सिक्सेल हाइड्रोपावरको शेयरमा न्युनतम १० कित्ता देखी अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।