महाअभियोग सिफारिस समितिले चोलेन्द्रले नाम लिएका बहालवाला न्यायाधीशको पनि बयान लिने

होमल्याण्ड खबर

२०७९ भाद्र २९ गते, बुधबार १२:३६ मा प्रकाशित

महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

जबराले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

अर्को बैठक बिहीबार बस्ने छ ।