सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

होमल्याण्ड खबर

२०७९ भाद्र २९ गते, बुधबार १५:१० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।