प्रचण्डलाई नजिकै राखेँ, अन्तमा छुरा हाने : केपी ओली

होमल्याण्ड खबर

२०७९ भाद्र ३० गते, बिहीबार १५:०४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराएका उनले प्रचण्डले पार्टीबाटै निष्कासन गरेको बताए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौँ भनेँ, अध्यक्ष बनाएर मनजिकै राखेँ,’ ओलीले भने, ‘प्रचण्ड हात लुकाएर हिँड्थे, म अलिकलि सचेत थिएँ, नभन्दै मैले ग्वाम्म छुरी रोपे ।’

०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेको एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर, तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो ।