बाबुरामलाई बालेनको जवाफ- तपाईँले किन नगरेको ?

होमल्याण्ड खबर

२०७९ भाद्र ३१ गते, शुक्रबार १२:४३ मा प्रकाशित

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन् ।

यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’ काठमाडौं महानगरले फुटपाथ व्यवसायलाई हटाए पछि फुटपाथ व्यापारीहरुले मेयर साहविरुद्ध आन्दोलन नै थालेका छन्।