कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै

होमल्याण्ड खबर

२०७९ भाद्र ३१ गते, शुक्रबार १५:०४ मा प्रकाशित

आज शुक्रबारको कारोबार हुने अन्तिम दिन हो । अब असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुनेछ। शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै देखियो । बैंकहरूको ब्याजदर वृद्धिको निर्णयले सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्से ०.७३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.२३ अंकले घटेर ३७१.९० विन्दुमा झरेको छ ।

कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।