३ चैत्र २०८२, मंगलवार
सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्चको मुख्य गेटमा सुरक्षाकर्मीको संख्या बढाइएको हो । महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।
नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर बसेका छन् ।
प्रतिनिधिसभाको हिजो रातिबाट कार्यकाल सकिएको र आफूविरुद्धको महाभियोग टुंगोमा नपुगेपछि चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन सर्वोच्चका रजिष्ट्रारलाई शनिबारै भनेका थिए । सोही अनुसार आज आइतबार राणा सर्वोच्च जाने तयारीमा रहेका छन् ।