३ चैत्र २०८२, मंगलवार
आगामी मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम आज (मंगलबार) बिहान ५ बजे मात्रै सकिएको छ ।
निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल मंगलबार अपरान्हपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काममा ढिलाइ भएको थियो ।


प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका आयोगले जनाएको छ । आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरूप्रसाद वाग्लेले ४८ दलबाट मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची प्राप्त भएको बताए ।
उनले भने समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएकोमा जम्मा ४८ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका छन्,’ ।
असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न समय दिन्छ। आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तालिका बनाएको छ।
