डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

होमल्याण्ड खबर

२०७९ आश्विन ४ गते, मंगलवार १५:०३ मा प्रकाशित

नौं दिनदेखि चिकित्सा शिक्षाको सुधारको माग राखेर २० औं अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । डा.केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले बताए । सेती अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।
जोशीका अनुसार स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ । उनले भने, उहाँको स्वास्थ्यमा धेरै नै समस्या देखियो । यहाँ उपचार हुन नसक्ने देखिएपछि सेनाको हेली मगाएका हौँ । उनका अनुसार काठमाडौंबाठ सेनाको हेलिकप्टर उडिसकेको छ ।

अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । डा केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा असनस सरु गरेका थिए । भने उनी सात बुद्धे माग राखेर अनसन सुरु गरेका हुन् ।

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निस्शुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निस्शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उनका माग छन्।
यता, आज बिहान केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता भएको जारी छ । सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएपछि आजको लागि वार्ता तय गरिएको थियो।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सहभागी छन् भने नेपाल चिकित्सक संघका तर्फबाट डा अनिलबिक्रम कार्की सहभागी छन् ।

वार्ता टोलीमा डा केसीको तर्फबाट डा जीवन क्षेत्री, डा लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल र डा विष्णु पोखरेल सहभागी छन्।