राष्ट्रपतिको कदम विरुद्ध निर्णय गर्न संयूक्त विद्यार्थी संगठनको बैठक

होमल्याण्ड खबर

२०७९ आश्विन ५ गते, बुधबार १३:५१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक जारी छ ।

नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका छन् ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।