३ चैत्र २०८२, मंगलवार
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने तयारीमा रहेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् ।
उनी भोलि काठमाडौंमा राप्रपाले आयोजना गर्ने एक कार्यक्रमका बाट राप्रपा प्रवेश गर्न लागेका हुन् । उनले सोमबार विवेकशील साझा पार्टी परित्यागको घोषणा गरेका राजीनामा दिएका थिए ।


नेकपा एमालेसमेतको सहयोग लिएर उनले राप्रपावाट आगामी मंसिर ४ को चुनाव काठमाडौं क्षेत्र नम्बर १ बाट लडन लागेका छन् । त्यसका लागि उनले ब्यक्तिगत रुपमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसाग सम्वाद गरिसकेका छन् । उनी पछिल्लो पटक विचारभन्दा माथी देश भएको भन्दै राजावादी अभियानमा पुगेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मिश्रले भोलि बुधबार राप्रपा प्रवेश गर्ने पुष्टि गरे । ‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो,’ प्रवक्ता श्रेष्ठले भने –‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समुहका बीच भोलि काठमाडौंमा घोषणा सभा हुनेछ।’
मिश्रले आफु नेतृत्वमा वृह्त धुव्रीकरण पक्षधर समुह निर्माण गरेर राप्रपासँग पार्टी एकता गरेको देखाएर राप्रपा प्रवेश गर्न लागेका हुन् । उनलाई राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेन पछिको बरियता हुने गरी पार्टीमा भित्राउन लागेको हो ।