३ चैत्र २०८२, मंगलवार
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्न अहिलेसम्म एक लाख बढीले विवरण टिपाएका छन् ।
बुधबार अपराह्न ४ बजेसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ ।


साथै भोलि मध्याह्न १२ बजेसम्म मात्र विवरण पठाउन सकिन जनाइएको छ ।
“यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौँ,” ओलीको आधिकारिक फेसबुकमा भनिएको छ ।
शुक्रबार ओलीले सर्वासाधरणसँग टेलिफोन संवाद गर्ने तय भएको छ ।