गठबन्धनका उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको ओलीको आरोप

होमल्याण्ड खबर

२०७९ कार्तिक ३ गते, बिहीबार १२:४७ मा प्रकाशित

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचन आचारसंहिता उल्लंघन गरी सरकारी कर्मचारी र प्रहरीको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

गृह जिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका उम्मेदवाारले भूमि आयोगका कर्मचारी र प्रहरीलाई प्रयोग गरी भोट मागिरहेको बताउँदै निर्वाचन आचारसंहिता उल्लंघन भएको बताए। उनले आचारसंहिताको उल्लंघन गर्ने गठबन्धनलाई कारबाही गर्न र्निाचन आयोगसँग माग गरे ।

ओलीले कांग्रेसको सरकार पटक–पटक सत्तामा आउँदा कुनै काम नगरेको र गठबन्धनसँग कुनै एजेण्डा नभएको भन्दै एमालेको बहुमत आवश्यक रहेको बताए । झापा ५ का उम्मेदवार ओलीले एमालेको १ सय ५० भन्दा बढी सिट आउने दाबी ठोकुवा समेत गरे । स्वास्थ्यमा समस्या भएको भन्दै मंगलबारको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेका ओली आज धुलाबारीमा आयोजित कार्यक्रममा पुगे ।