२८ बैशाख २०८३, सोमबार
श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् फुर्वा तामाङ पक्राउ परेका छन् । उनकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिएपछि भक्तपुर प्रहरी कार्यालयले असोज २६ गते फुर्वालाई पकाउ गरेको हो ।
उनकी श्रीमतीले बिहेपछि आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको, पटकपटक जबरजस्ती करणी गरेको र अप्राकृतिक सम्बन्ध राखेर दुख दिएको भन्दै प्रहरी समक्ष उजुरी दिएका थिए । उनकी श्रीमतीको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी हिरासतमा राखेर फुर्वामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


श्रीमतीबाट हनीट्रपमा परेको भन्दै केही महिनाअघि फुर्वाले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए । त्यसपछि पक्राउ परेका उनकी श्रीमतीले फुर्वाविरुद्ध जेलबाटै वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकि थिइन । उनी अहिले सुनधारा कारागारमा छन् ।
फुर्वाले श्रीमतीले आफूसँग भएको जायजेथा र सुनचाँदीको गरगहना गरी करिब डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेका थिए ।
सामाजिक सञ्जालबाट माया(प्रेम बसेर उनीहरूले केही समयअघि विवाह गरेका थिए ।