माधव नेपालसँग मागिएको स्पष्टीकरणलाई कारबाही भन्न मिल्दैनः आयोग

होमल्याण्ड खबर

२०७९ कार्तिक ४ गते, शुक्रबार १३:०० मा प्रकाशित

निर्वाचन आयोगले माधवकुमार नेपालसँग मागिएको स्पष्टीकरणलाई कारबाही भन्न नमिल्ने प्रतिक्रिया दिएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उलंघन गरेको उजुरी परेपछि उनिमाथि अनुसन्धानका लागि स्पष्टीकरण मागेको बताए । उनले आयोगले नेपालमाथि सोधिएको स्पष्टीकरणलाई कारबाही भन्न नमिल्ने पनि स्पष्ट पारे । उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि त्यसमाथि अनुसन्धान भएको र त्यो पुष्टि भए मात्रै कारबाही हुने प्रष्ट पारे ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेका सबै उम्मेदवारमाथि स्पष्टीकरण सोध्ने कामलाई निरन्तरता दिइरहेको छ । आयुक्त भण्डारीले अनुसन्धानको क्रममा त्यो पुष्टि भए मात्रै कारबाही हुने बताए ।