२८ बैशाख २०८३, सोमबार
रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा रक्सी र चुरोट सेवन गर्न निषेध गरेको छ । पालिका कार्यालयका प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले हालै सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णय पालना गर्न गराउन आग्रह गरेका छन् । सूचना अवज्ञा गर्नेलाई पक्राउ गरी कानूनबमोजिम कारबाही प्रक्रिया बढाइने जनाइएको छ ।
विज्ञप्तिमा सार्वजनिक स्थलमा मध्यपान र धुम्रपान नगर्न आग्रह गर्दै सार्वजनिक स्थलहरुमा मध्यपान र धुमपान गरेको विषयमा वडा कार्यालय र प्रहरीले अनुगमन गर्ने उल्लेख छ ।


गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको समेत जानकारी दिइएको छ ।
